close

निर्वाचन आयोगद्वारा तीन दल खारेज

निर्वाचन आयोगद्वारा तीन दल खारेज

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ ।

 

यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजार रुपैयाँसम्म जरिमाना गर्ने कानुनी व्यवस्था छ ।

 

गत २० साउनमा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो । लेखापरीक्षण र आयोगको सूचनाबमोजिम जरिमाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले बताएको छ ।