close

नागरिक अतिथि आवासगृह निर्माणमा जुट्यो कर्णाली

नागरिक अतिथि आवासगृह निर्माणमा जुट्यो कर्णाली

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश मुकाम सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवासगृह’ निर्माणको योजना अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवासगृह निर्माण गर्न लागेको हो ।

 

आवासगृह निर्माणका लागि चालू आवमा प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘अतिथि आवासगृह निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्नेछ,’ उनले भने, ‘आवासगृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ ।’

 

कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पु¥याउने उद्देश्यले आवासगृह निर्माण गर्न थालिएको उनले बताए । शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले चालू आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गरिने बताइन् । ‘आवासगृह निर्माण चालू आर्थिक वर्षमै सम्पन्न हुन नसकेर बहुवर्षीय योजनामा जान सक्छ,’ उनले भनिन्, ‘परियोजना प्रतिवेदन तयार भएपछि यसको क्षमता कति हो भन्ने थाहा हुन्छ ।’

 

उनका अनुसार अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर ६ सुर्खेतमा जग्गा छनोट गरेको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २ स्थित उत्तरगंगामा १ करोड रुपैयाँको लगानीमा किरियापुत्री भवन निर्माण गर्न थालिएको उनले बताइन् । सबै काम कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा वीरेन्द्रनगर नगपालिकामार्फत सम्पन्न हुनेछन् ।