close

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३७७ छ । यसअघि ०६८ मा १ लाख ८ हजार ९२१ थियो । १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ । 

 


यहाँ १ नगरपालिका र ७ गाउँपालिका छन् । ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको छ भने सबैभन्दा कम गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ छ । पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् ।


नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ । गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ छ । पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना छ । गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ । 


यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ रहेको छ, जसमा पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ जना छन् । हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् । 
पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ छ, जसमा पुरुष ८ हजार ३४९ र महिला ८ हजार ५३२ छन् । पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।

 

सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ छ, जसमा पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिंजामा घरधुरी संख्या २ हजार २७१ र परिवार संख्या २ हजार ४२७ रहेको छ । तातोपानी गाउँपालिकाको जनसंख्या १५ हजार ७२१ रहेको छ । पुरुष ७ हजार ७२८ र महिला ७ हजार ९९३ छन् । तातोपानीमा घरधुरी संख्या ३ हजार १९० र परिवार संख्या ३ हजार ३२१ छन् ।

 

तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ रहेको छ, जसमा पुरुष ७ हजार २६१ र महिला ७ हजार ४३१ छन् । घरधुरी संख्या २ हजार ५८२ र परिवार संख्या २ हजार ६६६ रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ । 

 

डोल्पामा कम जनसंख्या 
कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना ०७८ को प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम जनसंख्या डोल्पामा छ ।


सुर्खेतको जनसंख्या ४ लाख १७ हजार ७७६ छ भने डोल्पाको जनसंख्या ४२ हजार ९५९ पुगेको छ । यस्तै, दैलेखमा जनसंख्या २ लाख ५३ हजार ३१९, सल्यानमा २ लाख ३८ हजार ६६८, जाजरकोटमा १ लाख ८९ हजार ३६५, रुकुम पश्चिममा १ लाख ६६ हजार ३५४, कालीकोटमा १ लाख ४४ हजार ९१७, जुम्लामा १ लाख १९ हजार ३७७, मुगुमा ६६ हजार ५४८ र हुम्लामा ५५ हजार ४९६ रहेको छ ।