close

राप्ती नदीको तटबन्ध भत्कियो

राप्ती नदीको तटबन्ध भत्कियो

Trulli
ADVERTISEMENT

बाँके–बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियामा राप्ती नदीको बाँध भत्किएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय खाल्ला झगडिया नजिकै रहेको राप्ती नदीको तटबन्ध बाँध भत्किएको हो । भत्किएको बाँध मर्मत नगरिए झगडिया, गेदावा, फत्तेपुर, सोनपुर्वा र नरैनापुर गाउँपालिकाको मटेहिया गाउँमा बाढी पस्ने खतरा रहेको स्थानीय दुर्गा पाण्डेले बताए ।

 


सो क्षेत्रमा यसअघि नै सयौँ बिघा जग्गा राप्ती नदीको कटान र डुबानमा परिसकेको छ । भत्किएको तटबन्ध मर्मत गर्न झगडियाबासीले सरकारसँग लिखित माग गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय मर्मतको माग गरिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रमुख जिल्ला अधिकारीले तटबन्ध मर्मत गर्ने प्रतिबद्धता जनाएका थिए ।