close

बाँके राष्ट्रिय निकुन्जमा भिटिआर प्रविधि जडान 

बाँके राष्ट्रिय निकुन्जमा भिटिआर प्रविधि जडान 

Trulli
ADVERTISEMENT

बाँके–बाँके राष्ट्रिय निकुन्ज क्षेत्रभित्रका सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटोछरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेसन भिटिआर सिस्टम जडान गरिएको छ ।


निकुन्ज प्रवेश गर्ने स्थानमा रहेका चेकपोस्ट शिवखोला र प्रगति नगरमा करिब १५ लाख रुपैयाँको लागतमा भिटिआर सिस्टम जडान गरिएको बाँके निुकन्जका प्रमुख श्यामकुमार साहले बताए ।


 
भिटिआर सिस्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र त्यहाँबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भिटिआर सिस्टमबाट प्राप्त विवरणका आधारमा सुरक्षाकर्मीले निकुन्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने गरेका छन् ।


 
भिटिआर सिस्टम जडान भएपछि निकुन्जको चेकपोस्टमा सवारी साधनबाट उत्रिएर लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनुपर्ने झन्झट अन्त्य भएको छ ।