close

२ नेपाली बाल श्रमिकलाई उद्दार गरी नेपालगन्ज ल्याइयो

२ नेपाली बाल श्रमिकलाई उद्दार गरी नेपालगन्ज ल्याइयो

Trulli
ADVERTISEMENT

बाँके–भारतको लखनउ सहरमा रहेका २ नेपाली बाल श्रमिकहरूलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपइडिहा भारतको सक्रियतामा २ बालकलाई उद्दार गरिएको हो ।


गढीमाई नगरपालिका वडा नम्बर ७ रौतहटका १७ वर्षीय इब्रान शेख र अवलसिङ सुर्खेतका १६ वर्षीय विकास थापालाई उद्दार गरिएको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


 
इलाका प्रहरी जमुनाहको समन्वयमा एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपइडिहाको सहकार्यमा समाजसेवी अन्सारीले लखनउ गएर दुवै बाल श्रमिक बालकलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताए ।


 
उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुवै बालकलाई पुनस्र्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लगाइएको छ । उद्दार गरिएका दुवै जनाले लामो समयदेखि भारतको लखनउमा बाल श्रमिकको रूपमा काम गर्दै आएका थिए । सुर्खेत घर भएका थापा ७ वर्षदेखि लखनउमा बाल श्रमिकको रूपमा बस्दै आएका थिए ।