close

दैलेखमा हेलिकोप्टरमार्फत सुत्केरीको उद्दार

दैलेखमा हेलिकोप्टरमार्फत सुत्केरीको उद्दार

Trulli
ADVERTISEMENT

दैलेख–दैलेखको आठबिस नगरपालिकाकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  आठबिस नगरपालिका वडा नम्बर ८ की २४ वर्षीया हीरा बडुवाललाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका हेलिकोप्टरमार्फत उद्दार गरी सुर्खेत लगिएको हो ।

 

मंगलबारदेखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्मे पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि बुधबार बिहान हेलिकोप्टरमार्फत उद्दार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल जानकारी दिए ।

 

सुत्केरी भएसँगै निरन्तर रक्तश्राव नरोकिएपछि स्वास्थ्यमा जोखिम भएको हुँदा जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्दार कोषबाट सुत्केरी बडुवालको हेलिकोप्टरबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।  उनका अनुसार गत साउनयता साढे ६ महिने अवधिमा दैलेखबाट करिब १० जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।