close

मोरङमा थपिए ६६ हजार मतदाता

मोरङमा थपिए ६६ हजार मतदाता

Trulli
ADVERTISEMENT

मोरङ–मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । ०७५ वैशाखदेखि ०७८ पुस मसान्तसम्म यो संख्यामा मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिंगी ४ जना थपिएका छन् ।

 

जिल्लामा ०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बेला महिला ३ लाख १८ हजार ७७५, पुरुष ३ लाख २६ हजार ५ र तेस्रो लिंगी २ मतदाता थिए । आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रंगेलीमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो ।

 

५ चैत ०७७ देखि ३० पुस ०७८ सम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिंगी ४ जनाले मतदाताका रूपमा नाम दर्ता गराएका छन् । आयोगले मतदाता नामावली विशेष संकलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा १७ मंसिर ०७७ देखि १८ पुससम्म सात टोली खटाई नामावली संकलन गरिएको थियो ।