close

जनता प्रगतिशील पार्टीले बुझायो प्रशासनलाई ध्यानाकर्षण पत्र

जनता प्रगतिशील पार्टीले बुझायो प्रशासनलाई ध्यानाकर्षण पत्र

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले पश्चिम नवलपरासी प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाउँदै पार्टीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानी यतहको नामांकन र सीमांकनको टुंगो लगाउन माग गरेको हो ।

 

स्थानीय तहको निर्वाचनपूर्व नै यसको टुंगो लगाउन माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी दिए ।


तत्कालीन आयोगको प्रतिवेदनअनुसार मधेस प्रदेशमा मात्रै कार्यान्वयन भएको र अन्य प्रदेशमा नभएकाले त्यसलाई कार्यान्वयन गर्न देशभरबाट दबाब दिइने उनले बताए ।


पार्टीले परासीस्थित बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पर्दाथमा भएको मूल्य वृद्धि फिर्ता, सीमांकन टुंगो लगाउनुपर्नेलगायत माग राख्दै प्रदर्शन गरेको हो ।