close

खानेपानीको मुहान क्षेत्र सौन्दर्यीकरण

खानेपानीको मुहान क्षेत्र सौन्दर्यीकरण

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको जंगल मुहान क्षेत्र सौन्र्दयीकरण गरिएको छ ।

 

पानी प्रशोधन तथा रिजर्भ ट्यांकीमा जाने सिँढी र रेलिङसहितको प्रवेशद्वार निर्माण गरेर मुहान क्षेत्र आकर्षक बनाइएको छ । लोकमार्गको त्रिवेणी चोकबाट करिब ५ सय मिटर उत्तर चुरेमा रहेको सो मुहान क्षेत्र सौन्र्दयकरणका लागि बर्दघाट नगरले सहयोग गरेको हो ।


बिहीबार नगरप्रमुख धीरज शर्मा बस्यालले संरचनाको उद्घाटन गरे । कार्यक्रममा उनले मुहान क्षेत्र निकै मनोरम बनेको भन्दै फेदीमा वनभोजका लागि संरचना बनाउन नगरले सहयोग गर्ने बताए । बस्यालले भने, ‘नगरले यहाँ रमाउने ठाउँसमेत बनाउँछ ।’

 

संस्थाका अध्यक्ष धातानन्द बस्यालले नगरको ४ लाख ३४ हजार ७२ र संस्थाको १ लाख ८ हजार ५ सय १८ गरी कुल ५ लाख ४२ हजार ५ सय ९० रुपैयाँ लागतमा सिँढी एवं रेलिङ निर्माण सम्पन्न भएको जानकारी दिए ।


कार्यक्रममा वडा सदस्य तथा निर्माण अनुगमन समिति संयोजक गौमाया पराजुली आरसी, उपाध्यक्ष दीपक लम्साल, पूर्वअध्यक्ष एंव सल्लाहकार कमान सिं थापा, सिद्धिविलास हमाल, पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चुडामणि भण्डारी, बर्दघाट उद्योग वाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समिति अध्यक्ष ताराप्रसाद गौतमलगायतले बोलेका थिए ।


सौन्र्दयकरणपछि मुहान आसपास क्षेत्रको वातावरण मनोरम देखिएको व्यवस्थापक विष्णुकुमार भुसालले बताए । संस्थाले बर्दघाट वडा नम्बर ४ मा खानेपानी आपूर्ति गर्दै आएको छ ।