close

प्रशासनिक भवन निर्माणमा जुटे काठमाडौंका सात स्थानीय तह

प्रशासनिक भवन निर्माणमा जुटे काठमाडौंका सात स्थानीय तह

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौंका सात स्थानीय तहका प्रशासनिक भवन निर्माण हुन थालेका छन् । जिल्ला समन्वय समितिको मौज्दात कोषबाट जिल्लाभित्रका पालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् । चन्द्रागिरि नगरपालिका, कीर्तिपुर, टोखा, नागार्जुन, शंखरापुर, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् ।

 

त्यस्तै, कीर्तिपुर नगरपालिका–६ को वडा प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ र ७ को प्रशासनिक भवन, गोकर्णेश्वरको वडा नम्बर ६, ८ र ९ को वडाको प्रशासनिक भवन, बूढानीलकण्ठ नगरपालिकामा गैरीगाउँ खानेपानी आयोजना निर्माण भइरहेको जिल्ला समन्वय समिति काठमाडौंले जनाएको छ ।

 


काठमाडौं महानगरमा सूर्यकोटदेवी खानेपानी आयोजनाका लागि बजेट उपलब्ध गराइएको काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले जानकारी दिए । दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि आशयपत्र प्रदान गरिएको छ । जिल्लाभित्रका स्थानीय तहका प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार विकासका लागि स्वीकृत ठेक्का लागतको ६० प्रतिशत जिससले र ४० प्रतिशत सम्बन्धित पालिकाले बेहोर्ने जिसस मौज्दात कोष सञ्चालन निर्देशिकामा उल्लेख छ ।

 

प्रशासनिक भवन निर्माणको भौतिक प्रगतिका आधारमा आवश्यक कागजातसहित जिससले अनुगमन गरी तीन किस्तामा रकम उपलब्ध गराउने व्यवस्था छ । नगरपालिकाले ४० देखि ९५ प्रतिशतसम्म प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरेको अर्यालले बताए । पालिकाको प्रशासनिक भवन निर्माण भइसक्दा जिससले ५९ करोड ३६ लाख ५३ हजार ६१४ रुपैयाँ उपलब्ध गराउने जिससले जनाएको छ ।