close

बुटवलमा ट्रक र कार ठोक्किँदा ३ को  मृत्यु

बुटवलमा ट्रक र कार ठोक्किँदा ३ को  मृत्यु

Trulli
ADVERTISEMENT

बुटवल–बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७  वर्षीय नवीन श्रेष्ठ छन् । दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

 

बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।  कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।