close

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो गुड प्राक्टिस पोर्टल

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो गुड प्राक्टिस पोर्टल

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुड प्राक्टिस पोर्टल सेवा सुरु गरेको छ । मन्त्रालयले आइतबार सूचना सार्वजनिक गर्दै गुड प्राक्टिस पोर्टल सुरु गरेको जानकारी दिएको हो । उक्त पोर्टल स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक र नवीनतम पहललाई एकै ठाउँ राखेर एकआपसलाई सुसूचित गर्ने र सिकाइ आदान–प्रदानमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरिएको हो ।

 

पोर्टलमा संगृहित सामग्रीलाई विभिन्न स्रोतबाट संकलन गर्दै लगिनेछ । स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक र अहिले भइरहेभन्दा फरक नवीनतम पहलबारे आवश्यक जानकारी पोर्टलमा प्रविष्ट गरी सहयोग गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।