close

बालबालिकाको अधिकार संरक्षण नीति बनाउँदै राप्ती पालिका

बालबालिकाको अधिकार संरक्षण नीति बनाउँदै राप्ती पालिका

Trulli
ADVERTISEMENT

दाङ–दाङको राप्ती गाउँपालिकाले बालबालिकाको अधिकार तथा संरक्षण नीति निर्माणका लागि तेस्रो चरणको मस्यौदा संकलन कार्यशाला गोष्ठी आयोजना गरेको छ । राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । 

 

राप्ती गाउँपालिका र बेस संस्थाको सहकार्यमा दुई चरणको मस्यौदा निर्माण सम्पन्न भएपछि बालबालिकाको अधिकार तथा संरक्षण नीतिलाई अन्तिम रूप दिन गोष्ठी आयोजना गरिएको हो । राप्ती क्षेत्रका ९ वटै वडाका बाल क्लबका प्रतिनिधि, कार्यपालिका सदस्य साथै शाखा प्रमुखको सहभागिता रहेको गोष्ठीमा नीति निर्माण र कार्यान्वयनका पक्षमा छलफल गरिएको थियो । 

 


गोष्ठीमा राप्ती गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जगदम्बाकुमारी चौधरी, पालिका अध्यक्ष नुमानन्द सुवेदी सहभागी थिए । उक्त कार्यक्रममा सबै किसिमका शारीरिक वा मानसिक हिंसा, क्षति वा दुव्र्यवहार परित्याग, उपेक्षा, शोषण वा यौन दुव्र्यवहारबाट बालबालिकालाई संरक्षण गर्नेलगायत विषय समावेश गरिएको थियो । 

 


बालबालिका जन्मनुअघि र जन्मेपछि तिनलाई आवश्यक स्याहार, पोषण सहयोग एवं शिक्षा प्रदान गरी शारीरिक, मानसिक र शैक्षिक विकास गर्ने, बाल सहभागिता अभिवृद्धि गर्ने, बालबालिकाप्रतिको विभेद अन्त्य गर्ने, बाल न्याय प्रणालीलाई सुदृढ गर्ने विषय नीतिमा समावेश गरिएको छ । राप्ती पालिकाको महिला, बालबालिका तथा ज्यउेष्ठ नागरिक शाखाकी महिला विकास निरीक्षक जीवनकुमारी जिसी, सहायक महिला विकास निरीक्षक कल्पना खनाल, बेसका वासुदेव चौधरी र पटवारी यादवले बालबालिकाको अधिकार तथा संरक्षण नीतिबारे सहजीकरण गरेका थिए ।