close

नेपालगञ्ज नाकाबाट चिनी, चामल आयातमा कमी

नेपालगञ्ज नाकाबाट चिनी, चामल आयातमा कमी

Trulli
ADVERTISEMENT

बाँके–चालू आर्थिक वर्षको ६ महिनामा नेपालगञ्ज नाकाबाट चिनी र चामल तथा चामलजन्य वस्तु आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको ६ महिनामा ३ करोड ९४ लाख ९१ हजार ६ सय किलोग्राम चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यो अवधिमा ५ करोड ३८ लाख ४१ हजार २०२ किलोग्राम चिनी नेपालगञ्ज नाकाबाट आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।


नेपालगञ्ज नाकाबाट चामल तथा चामलजन्य वस्तु आयातमा समेत कमी आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ करोड ७५ लाख ५० हजार ७८२ किलोग्राम चामल तथा चामलजन्य वस्तु आयात भएको भन्सारको तथ्यांक छ ।


तर, चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ७ करोड ९२ लाख ७८ हजार १९५ किलोग्राम मात्र चामल तथा चामलजन्य वस्तु आयात भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ५ करोड ३८ लाख ६२ हजार राजस्व उठाउने लक्ष्य दिए पनि नेपालगञ्ज भन्सारले चालू आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ८१ करोड ८४ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


कोरोनाका कारण देशमा उद्योग, कलकारखाना बन्द भएकाले कच्चा पदार्थ तथा मेसिनरी सामान आयातमा कमी आएसँगै लक्ष्यअनुसारको राजस्व संकलन नभएको भन्सार कार्यालयको भनाइ छ ।