close

पाल्पाको निस्दी पालिकाले बनायो खेल मैदान

पाल्पाको निस्दी पालिकाले बनायो खेल मैदान

Trulli
ADVERTISEMENT

पाल्पा–पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेल मैदान निर्माण गरिएको छ । निस्दी गाउँपालिकाको ३ लाख ६० हजार अनुदान सहयोग र स्थानीयको ४० हजार गरी ४ लाख रुपैयाँ लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो ।

 

सोही बजेटमा रनगुवाटोलमा पनि खेल मैदान निर्माण गरिएको छ ।  अहिले खेल मैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाध्यक्ष मेखबहादुर सुनारीले बताए ।