close

नेपालगन्जमा रि–प्रिटास सर्भे हुने

नेपालगन्जमा रि–प्रिटास सर्भे हुने

Trulli
ADVERTISEMENT

बाँके–नेपालगन्ज उपमहानगरमा हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रिटास सर्भे हुने भएको छ । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिने सर्भेक्षणमा ३ सयको रक्त नमुना संकलन गरिनेछ । ५ वर्षभन्दा माथिका व्यक्तिमा हात्तीपाइले रोग भए–नभएको यकिन गर्न र औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गर्न लागिएको हो । 

 

बाँकेमा ११औँ पटक औषधी कार्यक्रम सञ्चालन भए पनि कार्यक्रम सफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटांैडाका वरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्टोल अधिकृत कुमार पोखरेलसहितको टोलीले बुधबार नेपालगन्ज उपमहानगरमा अन्तरक्रिया गरेको छ ।

 

कार्यक्रममा नगरप्रमुख डा. धबलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतले आवश्यक सहयोग गर्ने बताए ।