close

नगर सभा सम्पन्न हुँदा पनि सार्वजनिक बिदा ! 

नगर सभा सम्पन्न हुँदा पनि सार्वजनिक बिदा ! 

Trulli
ADVERTISEMENT

काठमाडौं– पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ(संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो । नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।