close

आगो ताप्दा जलेर १ को मृत्यु

आगो ताप्दा जलेर १ को मृत्यु

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।