close

पिपराका वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

पिपराका वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

Trulli
ADVERTISEMENT

महोत्तरी–महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 


सोही वडामा रहेको सुब्बापोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाई ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो । यादवसँग सोही बराबरको बिगो र सजाय मागदाबी गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए । 


सुब्बापोखरीका ठेकेदार वडाध्यक्ष यादव नै थिए । उनले पोखरी हकभोग गरेबापत ठूलो रकम वडाध्यक्ष निर्वाचितपछि नबुझाएको आरोपमा अख्तियारले अनुसन्धान थालेको थियो ।  यादवले पदको दुरुपयोग गर्दै निर्वाचित भएपछि कुनै पनि किस्ता नबुझाएको पाइएको अख्तियारले बताएको छ ।