close

धनुषामा ४६७ घरपरिवारले पाए लालपुर्जा 

धनुषामा ४६७ घरपरिवारले पाए लालपुर्जा 

Trulli
ADVERTISEMENT

धनुषा–भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन् । मन्त्री श्रेष्ठले धनुषाको जनकपुरधार उपमहानगर वडा नम्बर १९ साविकको बेगासिपुर गाविसको गाउँब्लकमा रहेका परिवारलाई लालपुर्जा वितरण गरिन् ।


कोही पनि वास्तविक भूमिवीहीन भूमि पाउनबाट वञ्चित हुन नपरोस् भनेरै अभियान सञ्चालन गरेर सरकारले लालपुर्जा वितरण सुरु गरेको उनले जानकारी दिइन् ।  मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन बनिरहेकाको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट वञ्चित नहुन् र गलत मान्छेले नपाउन् भन्नेमा चनाखो बन्नुपर्ने धारणा व्यक्त गरिन् ।


मन्त्री श्रेष्ठले लालपुर्जा अभावमा नागरिकतासमेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले भूमिविहीनका लागि लालपुर्जा वितरणलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन काम सुरु भइसकेको बताइन् ।


राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको उनको भनाइ छ । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् ।


२०२१ यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रूपमा रही आफ्नो घरजग्गाको लालपुर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा ढिलाइ गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।