close

नगर विकास कोषले मनायो वार्षिकोत्सव

नगर विकास कोषले मनायो वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं–मुलुकभर नगरपालिकामा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्दै आएको नगर विकास कोष ३४औँ वर्ष प्रवेश गरेको छ । ३४औँ वार्षिकोत्सव अवसरमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोषबाट हुँदै आएका कामको प्रशंसा गरिन् । उनले कोषको ऋण लगानीले नगरपालिकाहरूको खानेपानी, भवन निर्माणलगायतमा सहयोग पुगेको बताइन् ।

 


कार्यक्रममा कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामध्ये उत्कृष्ट सेवाग्राहीलाई सम्मान गरिएको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

 

सन्तुलित सहरी पूर्वाधार विकास, वातावरणमैत्री पूर्वाधार र व्यवस्थित सहर निर्माणतर्फ कोषको उद्देश्यअनुरूप व्यावसायिक योजना तथा कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन प्रतिबद्ध रहेको उनले बताए । कोषले आगामी दिनमा पनि नगरपालिकाहरूसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।