close

गोदावरीमा मनाइयो जनयुद्ध दिवस

गोदावरीमा मनाइयो जनयुद्ध दिवस

Trulli
ADVERTISEMENT

कैलाली–नेकपा माओवादी गोदावरी नगर कमिटीले कैलालीको अत्तरियामा बिरामी र बालबालिकालाई फलफूल वितरण गरेर जनयुद्ध दिवस मनाएको छ । २७औँ जनयुद्ध दिवस अवसरमा माओवादीले फलफूल वितरण गरेर दिवस मनाएको हो । 


दिवस अवसरमा नगर कमिटीले गोदावरी नगरपालिका वडा नम्बर २ तेघरीमा रहेको सुदूरपश्चिम समावेशी विद्यालयका बालबालिकालाई फलफूल वितरण गरेको थियो । 
अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालयका करिब ६० जना बालबालिकालाई फलफूल वितरण गरिएको नगर कमिटी अध्यक्ष धर्मसिंह कुँवरले बताए ।  कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार विक्रम बिकले जनयुद्धका भएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

 

उनले जनयुद्धकै बलमा देशमा राजनीतिक परिवर्तन आएको दाबी ग र्दै परिवर्तनको रक्षाका लागि चनाखो हुनुपर्नेमा जोड दिए । पार्टीका प्रदेश कमिटी सदस्य उद्धव भट्टले माओवादीले तत्कालीन समय जनयुद्ध सञ्चालन नगरेको भए अहिलेको संघीयता, गणतन्त्र, समावेशीजस्ता राजनीतिक उपलब्धि प्राप्त हुनै नसक्ने ठोकुवा गरे । ‘एकात्मक र राजतन्त्रको व्यवस्था रहेको अवस्थामा जनयुद्धको बलमा संघीय गणतन्त्र, सिंहदरबारका अधिकार गाउँ–गाउँ पु¥याउनेलगायतका अपलब्धि भएको दिनको सम्झनामा यो दिवस मनाएका हौँ,’ उनले भने । 

 


दिवस अवसरमा अत्तरियामा रहेको पदमा अस्पतालमा उपचाररत बिरामीलाई पनि फलफूल वितरण गरिएको नगर अध्यक्ष कुँवरले बताए । १ फागुन ०५२ मा जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते नेकपा माओवादीले दिवस मनाउँदै आएको छ । 

 


०६२÷६३ को जनआन्दोलनसँगै ५ मंसिर ०६३ को विस्तृत शान्ति सम्झौतापछि औपचारिक रूपमा माओवादीले युद्ध अन्त्यको घोषणा गरेको थियो । माओवादी युद्धमा करिब १७ हजार नेपालीले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।