close

लालझाडीको देखभुली स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर वितरण

लालझाडीको देखभुली स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर वितरण

Trulli
ADVERTISEMENT

कञ्चनपुर–कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्य चौकीलाई उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ । 
केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर वितरण गरेका हुन् ।

 


कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने बताए । २६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य ४ लाख ९७ हजार रुपैयाँ छ ।

 

स्वास्थ्य चौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्ल्यूएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्य चौकीमा मात्रै रहेको छ ।  

 

सबै स्थानीय तहमा पिपिआरविरुद्धको खोप

जिल्लामा ८६ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउन जिल्लाका ९ स्थानीय तहका नागरिकका घरपालुवा जनावर बाख्रा र भेडालाई खोप लगाइएको हो ।  

 


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालू आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो ।


भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने उनले बताए ।  ‘चालू आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौँ । अभियान निरन्तर जारी रहन्छ ।’ एक पटक खोप लगाइसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ ।