close

सपिङ कम्पलेक्स बनाउन नगर विकास कोष र ईनरुवा नगरपालिका बिच सम्झौता

सपिङ कम्पलेक्स बनाउन नगर विकास कोष र ईनरुवा नगरपालिका बिच सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं– ईनरुवा सपिङ कम्पलेक्स बनाउनको लागि ईनरुवा नगरपलिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । कम्पलेक्स जम्मा २४ करोड ३१ लाख ५८ हजार रुपैयाँको लागतमा बनाउन लागिएको हो ।

 

सम्झौता अनुसार कोषले १९ करोड पैतालिस लाख २६ हजार चार सय रुपैयाँ ऋण उपलब्ध गराउने छ । यस बाहेको रकम भने नगरपालिकाले आफैँ बेहोर्ने छ ।  नगरपालिकाले कोषबाट लिएको रकम २० वर्ष भित्र तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।