close

कुरुलेतेनुपालाई चौबिसे रनिङ कपको उपाधि 

कुरुलेतेनुपालाई चौबिसे रनिङ कपको उपाधि 

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा सञ्चालित तेस्रो चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधि चौबिसे गाउँपालिका वडा नम्बर ३ कुरुलेतेनुपाले जितेको छ ।

 

राजरानीस्थित मझुवाटार खेल मैदानमा सम्पन्न खेलमा चौबिसे वडा नम्बर १ ले वडा नम्बर ६ बुधबारेलाई १–० गोल अन्तरले पराजित गर्दै कुरुलेतेनुपाले उपाधि चुमेको हो ।

 

दोस्रो हाफको ६ मिनेटमा सीता लिम्बूले कुरुलेलाई जित दिलाउन एक मात्र निर्णायक गोल गरिन् । महिला र पुरुष दुवैतर्फ बेग्लाबेग्लै सञ्चालन भएको प्रतियोगितामा महिलातर्फको उपाधिका लागि आठ टिमबीच स्पर्धा भएको थियो । 


महिलातर्फको खेल सम्पन्न भएपछि पुरुषतर्फको उपाधिका लागि चौबिसे वडा नम्बर ६ राजारानी र वडा नम्बर ८ वसन्तटारबीच फाइनल खेल भएको थियो ।

 

चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको पुरुषतर्फको खेलको उपाधि चौबिसे गाउँपालिका वडा नम्बर ६ राजारानीले जितेको छ । खेलमा वडा नम्बर ८ वसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै राजारानीले उपाधि जितेको हो । राजारानीस्थित रारा फुटबल क्लबको व्यवस्थापनमा चौबिसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।