close

८० ज्येष्ठ नागरिकलाई मधेस प्रदेश सरकारको सम्मान

८० ज्येष्ठ नागरिकलाई मधेस प्रदेश सरकारको सम्मान

Trulli
ADVERTISEMENT

जनकपुरधाम–मधेस प्रदेश सरकारले ८० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप आर्थिक सहयोग प्रदान गरे ।

 


आर्थिक सहयोग प्राप्त गर्नेमा प्रदेशका ८ वटै जिल्लाका प्रत्येक जिल्लाबाट १०–१० जना रहेका छन् । ज्येष्ठ नागरिकले सम्मानस्वरूप नगद ६ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसमध्ये ५ हजार सम्मानस्वरूप र १ हजार परिवहन खर्च गरी ६ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

 

प्रत्येक जिल्लाका ५ महिला, ५ पुरुष गरी १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री सिंहले ज्येष्ठ नागरिकका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने बताए । आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम नियमित सञ्चालन हुने उनले जानकारी दिए ।