close

चन्द्रौटाका खाद्य पसल अनुगमन

चन्द्रौटाका खाद्य पसल अनुगमन

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसल अनुगमन गरिएको छ ।  आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा पसल अनुगमन गरिएको हो । अनुगमन टोलीले गरिकको स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन सामग्री बिक्री नगर्न व्यवसायीलाई निर्देशन दिएको छ । 

 


कतिपय व्यवसायीले अखाद्य वस्तु बेच्ने गरेकाले कारबाही गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख शिवशंकर मिश्रले बताए । विभिन्न समय गरिने बजार अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने उनको विश्वास छ । विभिन्न स्थानका १२ पसल अनुगमन गरिएकामा यसअघि गरिएको अनुगमनभन्दा धेरै सुधार देखिएको उनले बताए ।

 


कतिपय पसलले कालोबजारी गरेको गुनासा नागरिकबाट आएकाले रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु पोख्रेलले जानकारी दिए ।

 

बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नभएको, नवीकरण नगरिएको, अखाद्य वस्तु बिक्री गरिएको भेटिएको छ । अनुगमनमा शिवराज नगरपालिका रोजगार शाखा अधिकृत पर्शुराम घिमिरे, वडा प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार सहभागी थिए ।