close

सगरमाथा आवासीय माविले जित्यो नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ स्पर्धा 

सगरमाथा आवासीय माविले जित्यो नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ स्पर्धा 

Trulli
ADVERTISEMENT

उदयपुर– चौदण्डीगढी खेलकुद महोत्सव २०७८ अन्तर्गत चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर शिक्षा शाखाको आयोजनामा नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता नगरको वडा नम्बर ६ स्थित ज्योति माविमा सम्पन्न भएको छ ।

 

नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिताको नगरप्रमुख खगेन्द्र राईले उद्घाटन गरे । प्रतियोगितामा १३ सामुदायिक र दुई संस्थागत विद्यालय गरी १५ विद्यालयको सहभागिता रहेको चौदण्डीगढी नगर शिक्षा शाखा प्रमुख उपसचिव रमेश्वर कुँवरले जानकारी दिए ।

 

हाजिरी जवाफ प्रतियोगितामा ७५ प्रश्न सोधिएकामा १४ नम्बर प्राप्त गर्दै सगरमाथा आवासीय मावि बेल्टार प्रथम, ११ नम्बर प्राप्त गर्दै नारद आदर्श मावि चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा द्वितीय र १० अंक प्राप्त गर्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित भगवती मावि हडियाले तृतीय स्थान हासिल गरे ।

 

अन्तरमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ८ अंक प्राप्त गर्दै ज्योति माविले सान्त्वना पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

 

चौदण्डीगढी खेलकुद महोत्सव २०७८ अन्तर्गतको नगरस्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरियो ।