close

खजुरामा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्कृय

खजुरामा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्कृय

Trulli
ADVERTISEMENT

बाँके–नेपालगञ्ज–गुलरिया रोडअन्तर्गत खजुरा बजारको मनकामना चोकमा अज्ञात समूहले नो एमसिसी लेखेर राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ । चोकमा रहेको राष्ट्रिय झन्डामुनि इँटले छोपेर राखिएको प्रेसर कुकरमा रातो अक्षरले ‘नो एमसीसी’ लेखिएको अवस्थामा बम राखिएको स्थानीयले देखेपछि बिहान ७ बजे जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले बताए ।

 


चोकमा रहेको राष्ट्रिय झन्डामुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ वाहिनी अड्डा, भैरवप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट सुवेदार थानेश्वर पोखरेल नेतृत्वको टोलीले बम निष्कृय पारेको थियो ।

 

सैनिक टोलीले बिहान ११ः४ बजे विस्फोट गराई बम निष्कृय पारेको हो । खजुरा बजारमै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध नेपालगञ्ज–गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।