close

स्वामीकार्तिक गाउँपालिकाको प्रशासकीय भवन 

स्वामीकार्तिक गाउँपालिकाको प्रशासकीय भवन 

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले पालिका केन्द्र रहेको वाई सुइजिउलाको देउरामा निर्माण हुने प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।

 


पालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीका अनुसार अस्थायी टहरा निर्माण गरी सेवा सञ्चालन गर्दै आएको पालिकाले पक्की भवनबाट सेवा दिने गरी भवन निर्माण गर्न लागेको हो ।

 

वडा नम्बर ४ को देउरामा ५ करोड ६३ लाख रुपैयाँ लागतमा ३ तले २८ कोठे पक्की भवन निमार्ण हुने उनले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी बंगलामुखी मेनका जेभी निर्माण कम्पनीले भवनको ठेक्का पाएको कम्पनीका प्रतिनिधि प्रख्यातजगं शाहीले जानकारी दिए । 

 

भवनको शिलान्यास भइसकेकाले अब तत्काल काम अगाडि बढाइने उनको भनाइ छ । भवन निर्माण बहुवर्षीय योजनाअनुसार बनाइन लागेको उनले बताए । जिल्लाका ९ वटा स्थानीय तहमध्ये केहीले प्रशासकीय भवन निर्माण गरे पनि कतिपय पालिकामा प्रक्रियामा रहेका छन् । बडीमालिका नगरपालिका, गौमूल र हिमाली गाउँपालिकाले भवन निर्माण गरे पनि अन्य स्थानीय तहले निर्माण प्रक्रियामा रहेको बताएका छन् ।