close

सिंह नेपाल प्रहरीको महानिरिक्षक नियुक्त

सिंह नेपाल प्रहरीको महानिरिक्षक नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ। गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरिएको हो।


२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

 

प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

 

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।

 

त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए। नवनियुक्त महानिरीक्षक सिंह भने एआइजिमा तेस्रो वरियतामा थिए । उनलाई महानिरीक्षक बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयले पोखरेलमा महानिरीक्षक बनाउने पहिलो प्रस्तावलाई अस्वीकार गर्दै दोस्रो सिफारिस गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।  

 

उता सरकारको निर्णयबाट असन्तुष्ट एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा भने अदालत जाने तयारीका साथ परामर्शमा जुटेका छन् ।

 

सरकारले आजै ससस्त्र प्रहरी महानिरिक्षकमा राजु अर्याललाई नियुक्त गरेकाे छ।