close

जिम्बावेसँग हार्‍यो नेपाल

जिम्बावेसँग हार्‍यो नेपाल

Trulli
ADVERTISEMENT

कीर्तिपुर। श्रृंखलाको पहिलो टी-२० क्रिकेटमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

 

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्ध शतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा ४१ बल खेल्दै समान ३-३ छक्का र चौका प्रहार गरेका थिए । टोनीले २३ बल खेल्दै ७ चौकाको मद्दतमा ५० रन बनाएका थिए ।

 

बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

 

त्यसअघि आदिल अन्सारीले विस्फोटक ब्याटिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कीर्तिपुर नगरपालिकास्थित त्रिवि मैदानमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

 

कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौकाको मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पौडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जोडेका थिए ।