close

सर्वोच्चमा स्वचालित पेसी प्रणालीको तयारी

सर्वोच्चमा स्वचालित पेसी प्रणालीको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू हुने भएको छ । सर्वोच्चल उक्त तयारी थालेको हो। 

 

गोलाप्रथा प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको सर्वोच्चले जनाएको छ । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो। गत मङ्सिरदेखि गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो।

 

आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले उक्त प्रणाली लागू गर्न बजेट माग गर्ने निर्णय गरेको छ। स्वचालित पेसी प्रणालीमा मुद्दाका सम्पूर्ण जानकारी सफ्टवेयरमा अपलोड हुने सर्वोच्चले जनाएको छ । सफ्टवेयरले नै मुद्दाको विश्लेषणसमेत गर्नेछ। यसरी गरिएको विश्लेषणका आधारमा हालको पेसी व्यवस्थापनजस्तै मुद्दाको वर्गीकरणसमेत हुनेछ।

 

इजलासको क्षमता सङ्ख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ । कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्नेलगायतका जानकारी पनि सफ्टवेयरमै राखिनेछ।