close

८ हजारभन्दा बढीले फिर्ता गरे उम्मेदवारी

८ हजारभन्दा बढीले फिर्ता गरे उम्मेदवारी

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवारी दिएका उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् । 

 

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार २६८ जना नगरपालिका प्रमुख, २०४ जना नगरपालिका उपप्रमुख, २०४ २८० जना गाउँपालिकाअध्यक्ष र २२५ जना गाउँपालिका उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका हुन् । 

 

त्यस्तै दुई हजार ८३७ जना वडाध्यक्ष,  ६७७७ जना दलित महिला सदस्य, ९७२ जना महिला सदस्य र  दुई हजार ५७० जना वडासदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

 

निर्वाचन तालिका अनुसार वैशाख ११ र १२ उम्‍मेदवारी दर्ता गरेका उनीहरूले १६ वैशाखमा आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।