close

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आइजिपीले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आइजिपीले लगाए दर्ज्यानी चिन्ह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । 

 

सोमबार गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रमबीच महानिरीक्षक सिंह र अर्याललाई  गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाएका हुन् । 

 

सरकारले आइतबार उनीहरूलाई महानिरीक्षकमा बढुवा गरेको थियो । 

 

तर, वरियताका क्रममा आफूभन्दा कनिष्ठ सिंहलाई महानिरीक्षक बनाएको भन्दै एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् ।

 

प्रहरीमा विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए ।