close

कृषिमा रूपान्तरण आवश्यक : अर्थमन्त्री शर्मा   

कृषिमा रूपान्तरण आवश्यक : अर्थमन्त्री शर्मा   

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खाद्य वस्तुको आयात अधिक भएको भन्दै कृषिमा रूपान्तरण आवश्यक रहेको बताएका छन् ।  

 

सोमबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित बजेट छलफल कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले जमिन बाझो राख्न नहुने बताए । 

 

अर्थमन्त्री जनार्दन शर्माले  सरकारले राजस्व बढाउन खोज्ने र निजी क्षेत्र  राजस्व घटाउन खोज्ने प्रवृत्ति गलत भएको बताए । 

 

मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको उनले बताए । वैदेशिक लगानी बढ्ने क्रममा बढेको उनको भनाइ छ ।

 

निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महँगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए । 

 

स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।