close

स्थापितलाई सोध्यो आयोगले स्पष्टीकरण

स्थापितलाई सोध्यो आयोगले स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । 

 

सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

 

धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको एक प्रश्नको जवाफ दिने क्रममा स्थापितले प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी, तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।