काठमाडौं । बस र एम्बुलेन्स एक आपसमा ठोकिँदा सल्यानका संघीय सांसद् टेकबहादुर बस्नेतसहित १० जना घाइते भएका छन् ।
राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगर, रानागाउँनजिकै सांसद चढेको बा. ८ च ६९२५ नम्बरको बोलेरो र ना.अ.क.था ९४१ नम्बरको एम्बुलेन्स शुक्रबार एक आपसमा ठोकिँदा सो घटना भएको हो ।
घाइते हुनेहरूमा ५७ वर्षी संघीय सांसद टेकबहादुर बस्नेत, उनका चालक २८ वर्षे रमेश ओली, २४ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रुकुम पश्चिमका ३२ वर्षी कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री छन् ।