close

भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु

भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाकोे मृत्यु भएको छ ।

 

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको हो । 

 

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले  उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

 

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।