close

जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

Trulli
ADVERTISEMENT

ललितपुर । जावलाखेलमा जेठ २१ गते शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ ।


पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ ।


हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ ।


बुङमती मन्दिरमा राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ ।