close

इपिएलले हाल्यो क्यानविरुद्ध मुद्दा

इपिएलले हाल्यो क्यानविरुद्ध मुद्दा

Trulli
ADVERTISEMENT

काठमाडौं । इपिएलले क्यानविरुद्ध अदालतमा रिट दायर गरेको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले एभरेस्ट प्रिमियर लिग (इपिएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि इपिएलले क्यानलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

 

इपिएलले बिहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । सर्वोच्चमा बुधबार रिट दायर भएको हो ।

 

क्यान आफैँले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने निर्णय गरेका कारण नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रूपमा स्वीकृति नदिने निर्णय गरेको थियो । इपिएलले आफ्ना टिममा लिकसमेत जम्मा गरी सोमबार आफूहरूले स्वीकृति नपाए क्यानको सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो ।