close

पाँच वर्षअघि ९ कक्षामा विद्यर्थी बलात्कार गरेको अभियोग लागेका प्रिन्सिपल पक्राउ

पाँच वर्षअघि ९ कक्षामा विद्यर्थी बलात्कार गरेको अभियोग लागेका प्रिन्सिपल पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । पाँच वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि पटक–पटक बलात्कार गरेको अभियोग लागेका प्रिन्सिपल पक्राउ परेका छन् । 

 

पाँच वर्षअघि इटहरी ब्लुमिङ लोटस इंग्लिस स्कुलमा नौ कक्षामा अध्ययनरत विद्यार्थीमाथि बारम्बार बलात्कार गरेको अभियोग लागेका तत्कालीन प्रधानाध्यापक राजकुमार खड्का बिहीबार पक्राउ परेका हुन् । 

 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सिआइबी) ले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई सुनसरी पठाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ । 

 

काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरी प्रिन्सिपलले बारम्बार आफूमाथि बलात्कार गरेको भनी यो घटना  सार्वजनिक भएको थियो।