close

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । 

 

निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । 

 

३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच भएको विवादका कारण मतदान रोकिएको थियो । निर्वाचन मिति चाँडै नै तोकिने बताइएकाे छ ।

 

निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  

वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने आयोगको ठहर छ ।