close

उल्टियो, पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला

उल्टियो, पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला

Trulli
ADVERTISEMENT

काठमाडौं । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने सर्वोच्चले आफ्नै फैसला उल्ट्याएको छ ।

 

कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको हो ।

 

साढे ८ वर्षमात्र कैद बसेका कोइरालाको मुद्दा दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कोइरालाको कैद मिनाहा गरेको थियो । 

 

पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ ।