close

धामीले जितिन् पारा एसियाली खेलकुद तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य 

धामीले जितिन् पारा एसियाली खेलकुद तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य पद  जितेकी छन् ।

 

बिहीबार यूएईको सारजाहमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरी सो पद जितेकी हुन् । 

 

शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।