close

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

Trulli
ADVERTISEMENT

अर्घाखाँची ।  चितुवाको आक्रमणबाट  एक सात वर्षीय बालकको ज्यान गएको छ ।

 

सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दूरीमा छिन्नभिन्न अवस्थामा फेला परेको छ ।

 

अपरान्ह साढे ४ बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

 

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गर्ने क्रममा बालकको शव फेला परेको थियो ।