close

साढे २५ लाख भारतीय रुपैयाँ र दुई तोला सुन बरामद

साढे २५ लाख भारतीय रुपैयाँ र दुई तोला सुन बरामद

Trulli
ADVERTISEMENT

कैलाली । खेतमा गाडिएको अवस्थामा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ । 

 

भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी  रुपैयाँ र सुन बरामद गरेको हो । जिल्लाको घोडाघोडी नगरपालिका-८ र बर्दगोरिया-४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।  

 

उनका अनुसार घोडाघोडी नगरपालिका-८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको थियो । नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।