काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा ती कैदीको सजाय माफी गरिएको हो ।
राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएकाहरूलाई जेठ १५ गतेदेखि माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ भने १६ जना कैदीहरूलाई माफी दिइएको छ ।