close

रुकुम–पूर्वमा आयुर्वेद स्वास्थ्यकेन्द्रको उद्घाटन

रुकुम–पूर्वमा आयुर्वेद स्वास्थ्यकेन्द्रको उद्घाटन

Trulli
ADVERTISEMENT

रुपन्देही । रुकुमपूर्वमा आयुर्वेद स्वास्थ्यकेन्द्रको उद्घाटन् गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आयुर्वेद स्वास्थ्य केन्द्रको उद्घाटन गरे ।

 

उद्घाटन समारोहमा बोल्दै मन्त्री थारूले रुकुम–पूर्वमा आयुर्वेद औषधि उत्पादनकेन्द्रको सम्भावना रहेको बताए । रुकुम–पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधि उत्पादनकेन्द्र निर्माण गर्न सकिने उनले बताए। 

 

यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यही संकलन गर्ने, यही प्रशोधन गर्ने र औषधि उत्पादन गरेर लैजाने हो रुकुम–पूर्व रोजगारीको सिर्जना हुने र यहाँ रहेका बहुमूल्य जडीबुटीको पनि सही प्रयोग हुने बताए। 

 

उनले पछिल्लो समयमा विज्ञान प्रविधि र खाद्यान्नमा रसायन प्रयोग बढ्नु, दैनिक जनजीवन अस्तव्यस्त हुँदा मानिस विभिन्न रोगको सिकार हुँदै गएको बताउँदै उनले स्वास्थ्य आहारविहार र योगले मानिसलाई स्फुर्त बनाउने बताए।  आयुर्वेदिक चिकित्सा पद्धतिले मानिसलाई स्वस्थ बनाउने बताउँदै उनले स्वस्थ नागरिकले मात्र देश विकास गर्नसक्ने बताए। उनले आयुर्वेदिक उपचारको लागि जिल्लामै औषधि निर्माणसँगै यसबाट जिल्लाबासीको आर्थिक समृद्धि पनि हुने बताएका छन्।

 

यस्तै प्रदेश आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले सबैले आयुर्वेद स्वास्थ्य सेवातिर ध्यान दिनुपर्ने बताए । उनले जिल्लास्थित स्थानीय तहलाई यसमा सहयोग समन्वय गर्न आग्रह गरे । 

 

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जडिबुटीको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा स्थानीय सरकारबाटै जडिबुटी उत्पादन सम्बन्धीको कार्यक्रम बनाएर लैजाने बताए । आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनको लागि आवश्यक सहयोग समन्वय गर्न सधैँ तत्पर रहने प्रतिबद्धता उनीहरूले बताए। 

 

आयुर्वेद स्वास्थकेन्द्र रुकुम–पूर्वका कार्यालय प्रमुख विष्णु हरि आचार्य ( योगिराज) ले आयुर्वेद चिकित्सा पूर्तिको नागरिक विश्वास बढाउन योग तथा स्वस्थ जीवन कार्यक्रम निकट भविष्य मै सुरु गरिने बताए।

 

उनले रुकुमेली जनतालाई आयुर्वेद चिकित्सा पद्धतिबाट लाभ लिनसमेत आग्रह गरे ।